Poems

Showing posts with label New Year. Show all posts
Showing posts with label New Year. Show all posts

Sunday, March 17, 2013

दुई हजार तेह्र सालमा



न त बाँझो खेतबारीमा धानमकै फल्छ भोलि
न त सस्तो ईन्धनले नै मोटर गाडी चल्छ भोलि
अनि नयाँ के होला त दुई हजार तेह्र सालमा
न त बिना लोडसेडिङ रातभर बत्ति बल्छ भोलि

बगाउनै छ पसिना त जनताले हर सालमा
जति शरिर गल्छ आज उत्तिनै गल्छ भोलि
के छ त खै आशा राख्ने दुई हजार तेह्र सालमा?
न यो भ्रटाचारी देशको समस्या नै टल्छ भोलि 



अवस्था यस्तै रहे देशमा अशान्तिको, 
हत्या हिँसा काटमारले मुलुक अझै जल्छ भोलि
परिवर्तन के होला र दुई हजार तेह्र सालमा?
राष्ट्रिय मुद्दा बेरोजगारको न त कुनै हल छ भोलि

छुँदैछ चन्द्रमा नै मुल्यबृद्धि महँगीले,
यस्तै रहे गरिवीले जीउ ज्यान ढल्छ भोलि
के खुशीमा मनाउनु खै दुई हजार तेह्र साल यो
न त कुनै नव अवसर न खुशीको पल छ भोलि..