Poems

Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Sunday, March 17, 2013

आज!! (Today)

कताकता तिमीलाई नै भेटौँ भयो आज
दु:खसुख तिमीसँगै साटौँ भयो आज
चकमन्न रातको यो एक्लोपनले हो की?
तिम्रै यादमा कसरी रात काटौँ भयो आज॥

बिथोलिन्छ निन्द्रा किन? यादले पो हो की?
छट्पटाउँदै कोल्टो कत्ती फेरौँ भयो आज।
तस्विर मात्रै हेरी बस्ने धैर्य छैन अब,
आफ्नै सामु राखी तिमीलाइ हेरौँ भयो आज

रुमलिन्छ मन किन कताकता मेरो
एक्लै जिउने प्रण पनि त्यागौँ भयो आज
आस्थाको धरोहर त्यो मन्दिरमा ढोगी
देवी-देवता भाकी तिमीलाई मागौँ भयो आज॥

धेरै भयो नदेखेको कस्ती भयौ कुन्नि?
भेटघाट गर्न यतैतिर डाकौ भयो आज
अत्तालिन्छ मन कतै गलत सोच्ने हो की?
प्रेम प्रस्ताव तिमीसँगै राखौँ भयो आज॥

दुई हजार तेह्र सालमा



न त बाँझो खेतबारीमा धानमकै फल्छ भोलि
न त सस्तो ईन्धनले नै मोटर गाडी चल्छ भोलि
अनि नयाँ के होला त दुई हजार तेह्र सालमा
न त बिना लोडसेडिङ रातभर बत्ति बल्छ भोलि

बगाउनै छ पसिना त जनताले हर सालमा
जति शरिर गल्छ आज उत्तिनै गल्छ भोलि
के छ त खै आशा राख्ने दुई हजार तेह्र सालमा?
न यो भ्रटाचारी देशको समस्या नै टल्छ भोलि 



अवस्था यस्तै रहे देशमा अशान्तिको, 
हत्या हिँसा काटमारले मुलुक अझै जल्छ भोलि
परिवर्तन के होला र दुई हजार तेह्र सालमा?
राष्ट्रिय मुद्दा बेरोजगारको न त कुनै हल छ भोलि

छुँदैछ चन्द्रमा नै मुल्यबृद्धि महँगीले,
यस्तै रहे गरिवीले जीउ ज्यान ढल्छ भोलि
के खुशीमा मनाउनु खै दुई हजार तेह्र साल यो
न त कुनै नव अवसर न खुशीको पल छ भोलि..