Poems

Monday, April 30, 2018

पैसा

महादेवको तिनै नेत्र खुलाउने नि यही पैसा
आफन्ती र साथिभाइ लाई भुलाउने नि यही पैसा
हुने लाई त पुगिसरी मोज्मस्ती र ऐश आराम
नहुनेलाई धुरुधुरु रुलाउने नि यही पैसा
युवा जति खाडी विदेश डुलाउने नि यही पैसा
ऋणै ऋणको भूमरीमा झुलाउने नि यही पैसा
हुने जती समाजसेवी नहुने चै अभागी रे
त्यै अभागीको खोटो भाज्ञ खुलाउने नि यही पैसा
दस जन्मको पाप कर्म धुलाउने नि यही पैसा
गलतलाई सही भनी तुल्याउने नि यही पैसा
गर्नेको त हुँदो रैछ रोपाँइ अनि खेती यसकै
भ्रस्टाचार को बाटो टेकी कुम्ल्याउने नि यही पैसा
जुवा तास क्यासिनोमा लुटाउने नि यही पैसा
नाता गोता सम्बन्धलाई फुटाउने नि यही पैसा
महिमा नि अपरम्पार.. यो खोस्टे कागजको
हुँदै नभाको माया जुटाउने नि यही पैसा

No automatic alt text available.

फेसबुक

Image result for facebook addiction
Copied image


फेसबुक.....

के हो आखिर बिशेषता चै खास फेसबुकको
घण्टौं बस्न रेडी सबै पास फेसबुकको
साथिभाइका अपडेट होस् या ताजा समाचार
किन लाग्ने यती धेरै आश फेसबुकको
के हो आखिर बिशेषता चै खास फेसबुकको
किन बन्न रेडी सबै दास फेसबुकको
यसमै पूर्ण लिप्त अनी एकोहोरो पार्ने
साह्रै सशक्त रैछ ब्रेनवास फेसबुकको

ति फोटाहरू

No automatic alt text available.


क्यामेराका रील गन्दै खिचाएका फोटोहरु 
बाल्यकालका याद सबै मिसाएका फोटोहरु
क्यामेरा नै हल्लाएर बाङो टिङो तिरमिर पार्दा
गलत खिचिस साथी भन्दै रिसाएका फोटोहरु
ठाऊँ ठाऊँका सिन खिच्न डुलाएका फोटोहरु
हिकोलाको कलर ल्याब मा धुलाएका फोटोहरु
नेगेटिभ नै जलेर हात लाग्यो सून्य हुँदा
ठुस्स परि नाक मुख फुलाएका फोटोहरु
मझेरिमा टिलटिल आँखा टल्काएका फोटोहरु
झिल्के बनि ढाका टोपी ढल्काएका फोटोहरु
कहिले काही कट्टी हुँदा साथिभाइहरू सँग
रिसको झोकमा च्यात्चुत पारि सल्काएक फोटोहरु
पिक्निकको रमाइलोमा कराएका फोटोहरु
साथीभाइले अटोग्राफमा भराएका फोटोहरु
कस्तो हुन्थ्यो होला आज एक एक गरी हेर्न पाए
समयको क्रम सँगै हराएका फोटोहरु.......