Poems

Monday, April 30, 2018

ति फोटाहरू

No automatic alt text available.


क्यामेराका रील गन्दै खिचाएका फोटोहरु 
बाल्यकालका याद सबै मिसाएका फोटोहरु
क्यामेरा नै हल्लाएर बाङो टिङो तिरमिर पार्दा
गलत खिचिस साथी भन्दै रिसाएका फोटोहरु
ठाऊँ ठाऊँका सिन खिच्न डुलाएका फोटोहरु
हिकोलाको कलर ल्याब मा धुलाएका फोटोहरु
नेगेटिभ नै जलेर हात लाग्यो सून्य हुँदा
ठुस्स परि नाक मुख फुलाएका फोटोहरु
मझेरिमा टिलटिल आँखा टल्काएका फोटोहरु
झिल्के बनि ढाका टोपी ढल्काएका फोटोहरु
कहिले काही कट्टी हुँदा साथिभाइहरू सँग
रिसको झोकमा च्यात्चुत पारि सल्काएक फोटोहरु
पिक्निकको रमाइलोमा कराएका फोटोहरु
साथीभाइले अटोग्राफमा भराएका फोटोहरु
कस्तो हुन्थ्यो होला आज एक एक गरी हेर्न पाए
समयको क्रम सँगै हराएका फोटोहरु.......

No comments:

Post a Comment