Poems

Sunday, March 17, 2013

दुई हजार तेह्र सालमा



बाँझो खेतबारीमा धानमकै फल्छ भोलि
सस्तो ईन्धनले नै मोटर गाडी चल्छ भोलि
अनि नयाँ के होला दुई हजार तेह्र सालमा
बिना लोडसेडिङ रातभर बत्ति बल्छ भोलि

बगाउनै पसिना जनताले हर सालमा
जति शरिर गल्छ आज उत्तिनै गल्छ भोलि
के खै आशा राख्ने दुई हजार तेह्र सालमा?
यो भ्रटाचारी देशको समस्या नै टल्छ भोलि 



अवस्था यस्तै रहे देशमा अशान्तिको
हत्या हिँसा काटमारले मुलुक अझै जल्छ भोलि
परिवर्तन के होला दुई हजार तेह्र सालमा?
राष्ट्रिय मुद्दा बेरोजगारको कुनै हल भोलि

छुँदैछ चन्द्रमा नै मुल्यबृद्धि महँगीले,
यस्तै रहे गरिवीले जीउ ज्यान ढल्छ भोलि
के खुशीमा मनाउनु खै दुई हजार तेह्र साल यो
कुनै नव अवसर खुशीको पल भोलि..

No comments:

Post a Comment