Poems

Sunday, March 17, 2013

आज!! (Today)

कताकता तिमीलाई नै भेटौँ भयो आज
दु:खसुख तिमीसँगै साटौँ भयो आज
चकमन्न रातको यो एक्लोपनले हो की?
तिम्रै यादमा कसरी रात काटौँ भयो आज॥

बिथोलिन्छ निन्द्रा किन? यादले पो हो की?
छट्पटाउँदै कोल्टो कत्ती फेरौँ भयो आज।
तस्विर मात्रै हेरी बस्ने धैर्य छैन अब,
आफ्नै सामु राखी तिमीलाइ हेरौँ भयो आज

रुमलिन्छ मन किन कताकता मेरो
एक्लै जिउने प्रण पनि त्यागौँ भयो आज
आस्थाको धरोहर त्यो मन्दिरमा ढोगी
देवी-देवता भाकी तिमीलाई मागौँ भयो आज॥

धेरै भयो नदेखेको कस्ती भयौ कुन्नि?
भेटघाट गर्न यतैतिर डाकौ भयो आज
अत्तालिन्छ मन कतै गलत सोच्ने हो की?
प्रेम प्रस्ताव तिमीसँगै राखौँ भयो आज॥

No comments:

Post a Comment